होसियार ! काठमाण्डौमा नक्कली नोटको विगविगी


कात्तिक ४, काठमाण्डौ । काठमाडौंमा नक्कली नोटसहित दुई युवा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित दुई युवकलाई पक्राउ गरेको हो ।

यसले राजधानीमा नक्कली नोटको विगविगी भएको पुष्टी गरेको छ ।

परिसरका अनुसार नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो ।

घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, गौशलाले विस्तृत अनुसन्धान गरिरहेको छ ।