काठमाडौं, ४ कात्तिक । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार आज सुनसान जस्तै बनेको छ। दशैं बिदापछि आज देशैभरि कार्यालय खुलेका छन् । तर, मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार भने सुनसान बनेको छ । प्रायः मन्त्रालयहरुमा कुनै चलायमान छैन् ।
दशैं मनाउन मन्त्रीहरु गृहजिल्ला गएकोले आज प्रायः मन्त्रालयमा अनुपस्थित थिए । तर, सेवाग्राहीको भने ठूलो भीडभाड थियो । मन्त्रीहरु नभएपछि उनीहरुको कार्यकक्ष पनि सुनसान छन्। उनीहरुको अनुपस्थितिले कतिपय महत्वपूर्ण निर्णयहरु रोकिएको अधिकारीहरुले बताएका छन्।




प्रतिक्रिया