नेकपाको निर्णय : सांसद मानन्धरको राजिनामा अस्विकृत, वामदेव चुनाव नलड्ने


काठमाडौं, ४ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सांसद रामवीर मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकले रामवीरको पत्रबारे निर्णय गर्नु नपर्ने निश्कर्ष निकालेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने,यसको अर्थ अब पार्टी उपचुनावमा नजाने र वामदेवजी चुनाव नलड्ने निश्कर्ष निकालिएको छ ।’