काठमाडौं, ५ कात्तिक । बेलायती सेनाका उपप्रमुख निक पोपले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा सोमबार उक्त भेटवार्ता भएको थियो ।
भेटमा प्रधानसेनापति थापा र बेलायती सेनाका उपप्रमुख पोपबीच द्विपक्षिय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया