वीरगंजका गोदाममा चिनी थन्कियो, यस्तो छ कारण


कात्तिक ५, वीरगंज । देशभर चिनीको हाहाकार भई रहदा साल्ट ट्रेडिङ्ग कर्पोरेशनले नेपाल भित्र्याएको चिनी सरकारले मुल्य निर्धारण गर्न नसक्दा अलपत्र रुपमा गोदाममा थन्किएको छ ।

ड्राईपोर्ट भन्सार कार्यालय र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको वीरगंज स्थित गोदामहरुमा करिब ६ हजार मेट्रिक टन चिनी गोदाममा थन्किएको हा । साल्ट ट्रेडिङ्ग कर्पोरेशन क्षेत्रिय कार्यालय वीरगंजका प्रमुख अमोज लामिछानेले सरकारले साल्ट ट्रेडिङ्गलाई मुल्य निर्धारण गरी विक्री वितरणका लागि अनुमति नदिदा चिनीको हाहाकार भई रहेको बेला नेपालमा चिनी भएर पनि विक्री गर्न नपाएको बताए । ड्राईपोर्टको गोदाममा रहेको चिनीको भाडा पनि बढिरहेको छ ।

दशैं तथा तिहारमा सबै भन्दा बढी खपत हुने चिनी तत्काल बजारमा पठाउन साल्ट ट्रेडिङ्गलाई निर्देशन दिऐपनि चिनी विक्री वितरण हुन नसकेको हो । अहिले वीरगंजमा समेत चिनीको अभावका कारण उपभोक्ताहरु मारमा परेका छन् । चिनीको मुल्य निर्धारण हुन नसक्दा उपभोक्ताहरुले महंगो मुल्यमा बजारबाट चिनी खरिद गर्न बाध्य भएका छन् ।