काठमाडौं, ५ कात्तिक । सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा आफूलाई पेलेको भन्दै बरिष्ठ नेता माधव कुमार नेपालले अब बस्ने स्थायी समिति बैठकमा आफ्नो पावर देखाईदिने चेतावनी दिएका छन् ।
आज बसेको बैठकमा नेता नेपालको असन्तुष्टिदेखि प्रवक्ता श्रेष्ठले उठाएका नीतिगत विषयमा समेत लामो छलफल भएको थियो। आइतबारको बैठकमा बामदेव गौतमले आफ्नो असन्तुष्टि पोखेका थिए । सो बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको थियो ।
सोमबारको बैठकमा नेताहरुका असन्तुष्टि र नीतिगत रुपमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिने र आगामी दिनमा सच्याउँदै अघि बढ्ने प्रतिवद्धता अध्यक्षद्धयले व्यक्त गरेका थिए ।
बैठकमा विशेषतः अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति नेताहरुको असन्तुष्टि थियो । तर, आजको बैठकमा त्यो विषयमा कुनै छलफल नै नभएपछि नेता नेपाल झनै आक्रोसित बनेका छन् ।
अब बस्ने स्थायी समिति बैठकमा नेता नेपालले अध्यक्षद्धय ओली र प्रचण्डलाई आफ्नो असली शक्ति देखाउने समेत चेतावनी दिएका छन् ।




प्रतिक्रिया