अब ग्यास पाइपलाइन नभई सबै चुलोमा बिजुलीको तार लैजाने : प्रधानमन्त्री ओली (भिडियोसहित)

0
Shares

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अब ग्यास पाइपलाइन नभई सबै चुलोमा बिजुलीको तार लैजाने बताएका छन् ।

मंगलबार ललितपुरमा लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले सञ्चालनमा ल्याएको बिजुली बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान–प्रविधिको विकासले चाँडो चाँडो फड्को मारेकाले अब ग्यास नभई बिजुली तिर लाग्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो भनाईलाई पहिलेको जस्तै अनौठो मान्न सक्ने भन्दै हरेकका घरघरमा पुयार्उने तयारीमा यो सरकार जुटको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले नेपाल अबको केही वर्षभित्रै जलविद्युत आत्मनिर्भर हुने भएकाले सवारी साधान चलाउन पनि समस्या नहुने धारणा राखे ।

https://www.youtube.com/watch?v=CDLO-ROHuzw

बिजुली बसको प्रयोग बढाएसँगै पेट्रोलको महंगीबाट चाँडै नै मुक्ति मिल्ने दाबी गर्दे प्रधानमन्त्री ओलीले यस्ता बसले वातावरण प्रदुषण पनि नगराउने जिकिर गरे।

विद्युतीय सवारी साधनका सञ्चालन व्यवस्थापनका लागि केही दिनमै इकाई गठन गरिने पनि उहाले बताए । उनले सार्वजनिक यातायातको स्तरवृद्धि गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।