काठमाडौँ, ७ काक्तिक । डब्लु डब्लु ई च्याम्पियनमा राज गरिसकेका रोमन रिङ्सले आफ्नो बिमारीको कारण देखाउदै खेलबाट बाहिरिने घोषणा गरेका छन । उनले मन्डे र को एक कार्यक्रममा आफ्नो औपचारिक धारणा मार्फत आफुले खेलबाट बाहिरिनुको बिकल्क नरहेको बताएका थिए ।
आफुलाई बिगत ११ वर्ष पहिले बिमारीको सिकार बनेका थिए तर अहिले आएर उनलाई पुनः त्यहि बिमार देखिएपछि उनले आफ्नो स्वास्थको कारण देखाउदै खेलेरै अगाडि बढ्न नसक्ने बताएका थिए ।
भिडियो हेर्न तलको लिङकमा जानुहोस
आजबाट म कुनै फाईटिङ च्याम्पियनका रुपमा नरहेकोपनि उनले संसारभरि रहेका आफ्ना प्रशंसकहरुलाई जानकारी गराएका छन । करिब एक दशको यो यात्रामा मलाई साथ दिने तपाईहरु सबैलाई बिशेष धन्यवाद दिन चाहान्छु ।
निराश मुन्द्रामा उपस्थित उनले भने ‘आफ्नो खेल कलालाई कौशलको रुपमा सबैसामु ल्याउन सहयोगगर्ने डब्लु डब्लु ई परिवार सबैलाई सधै सम्झि रहेने बतएका छन ।बिगत एक दशकदेखि आफ्नो ताकतको प्रर्दशन गर्दे आएका रोमनले आफ्नो सपना पुरा भएको भन्दै अव आफ्नो परिवारको साथमा समय बिताउन चाहिरहेको बताएका छन । उनले भने ‘मेरो सपना साकारतुल्य भएको छ अव म आराम गर्न चाहान्छु ।’

उनले आफुले सम्पुर्ण रुपमा सन्यास नै नलिएपनि कुनै दिन पक्का रिङमा फर्कने पनि जानकारी गराएका छन । उनले रिङबाट बाहिरिदा च्याम्पियन सिपको बेल्टलाई त्यहि छोडेर बाहिरिएका निस्कदा निकै भावुक बनेको दृष्य बारम्बार स्किृनमा देखाईएको थियो । उनि रिङबाट निस्केर हाउसतर्फ जादै गर्दा उनको यो भावना साटासाट गर्न डि एम रोज र सेथ रोलिङ आएर उनलाई अङगमाल गरेका थिए ।

आज भन्दा करिव दशक अगाडि रोमनले एफ सि डब्लुको माध्ययमबाट रेसलिङको संसारमा डेब्यु गरेका थिए । उनले यो भन्दा पहिले एन एक्स टि जस्ता रिङमा पनि चर्चा बटुलि सकेका थिए । उनलाई कुनै समय दोश्र्रो जोनसेनाको रुपमा पनि चित्रण गर्ने गरिन्थ्यो।
रोमनले २०१४मा आफ्नी प्रेमिका गैलिना जोलीसंंग विवाह गरेका थिए । अहिले आएर उनकि एक छोरीको पनि जन्म भएको छ । छोरी जोजो अहिले उमेरले आठ वर्ष लागेको जनाईएको छ ।

जोजोको वास्तविक जन्ममिती उनले याद नराखेपनि १४ डिसेम्बर २००८लाई नै उनिहरुले जोजोको जन्मदिन मनाउने गरेका छन । त्यो दिन रोमनको जिवनमा यस कारणपनि खास रहेको छ कि उनले त्यहि दिन सन २०१५ मा रेसलिङको संसारमा हेवि वेट च्याम्पियनसिप पहिलो पटक आफ्नो नाममा दर्ता गराउन सफल भएका थिए ।

रोमनले त्यो दिनको जितलाई आफ्नी छोरीका नाममा दर्ता गराएका थिए तव मात्र उनले अनुमान लगाएकि सायद यहि दिन थियो जव उनकि छोरीले यो धर्तिमा पाईला राखेकि थिईन । रोमनले आफ्नी प्रमिकासंग जर्जिया टेक युनिभर्सिटीमा पहिलो भेट गरेका थिए । रोमन पहिला एक कुशल फुटबल खेलाडिको रुपमा पनि रहेका थिए। उनकि श्रिमति पनि एक खेलाडीको रुपमानै रहेकि छन ।
रोमनले गैलिनालाई सार्वजनिक रुपमा डब्लु डब्लुको रिङमा २०१४ मा भएको हल अफ सेममा ल्याएका थिए । त्यो समयमा उनि नौ वर्षदेखि आफ्नी प्रमिकासंग डेट गरिरहेका थिए । बिमारीको कारण देखाउदै रिङबाट बाहिरिएका रोमन अब भने रिङमा कम ब्याक कहिले हुने हुन त्यो भने हेर्न बाँकि नै रहेको छ ।




प्रतिक्रिया