माधव नेपाल आक्रमक बनेपछि नेकपाको आजको बैठक स्थगित्

0
Shares

काठमाडौं, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्व निर्धारित सचिवालय बैठक स्थगित भएको छ। आज दिउसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा  हुने भनिएको बैठक सुरु हुने भनिएकाे केही समय पहिले स्थगित गरिएको हो।

साेमबार सम्पन्न सचिवालय बैठकपछि अध्यक्ष द्वय केपी शर्मा अाेली र पुष्पकमल दाहालबीच  पार्टी एकीकरण प्रकृयाबारे छुट्टै छलफल गर्ने र त्यही रणनीति अनुरूप सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने तयारी नेकपा काे थियाे। तर अध्यक्ष द्वयबीच छलफल हुन नसकेपछि अाजकाे सचिवालय बैठक नै स्थगीत गरिएकाे हाे।

नेकपा निकट उच्च स्रोतले दिएको जानकारी अनुसार पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले बैठकमा उपस्थित् हुन नसक्ने भनेपछि आजको बैठक स्थगित् गरिएको हो । तर, नेता नेपाल अध्यक्षद्धय ओली र प्रचण्डसँग यतिवेला असन्तुष्ट छन् ।