काठमाडौं, ८ कात्तिक । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ को सरकारलाई ओभरटेक नगर्न दिएको निर्देशन जायज रहेको बताएका छन् ।
उनले प्रदेश नम्बर २ ले यसैगरि ओभरटेक गरे ठूलो दुर्घटना हुने चेतावनी समेत दिए । बुधबार राति प्राईम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘यस्तै हो भने २ नम्बर प्रदेश सरकारलाई प्रधानमन्त्रीले विघटन गर्नुहुन्छ । तत्काल निर्वाचन गरेर अर्को सरकार गठन हुन्छ ।’ प्रदेश नम्बर २ को संसदले पारित गरेको प्रहरी ऐनलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले अनुमोदन गर्न नहुने भट्टराईले बताए ।




प्रतिक्रिया