काठमाडौं, ८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अहिले भारत भ्रमण किन गर्नुपर्यो भनेर सोधेका छन् ।
आज प्रचण्डसँगको भेटवार्तामा उनले यस्तो कुरा राखेको स्रोतको दाबी छ । प्रचण्डले भोलि नयाँ दिल्ली जाँदैछन् । ईण्डिया फाउण्डेशनले आयोजना गर्ने एक कार्यक्रममा भाग लिन प्रचण्ड त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
भारत जानु एक दिन अघिमात्रै ओलीले यस्तो जिज्ञासा राख्नु उनी प्रचण्डको भारत भ्रमणप्रति त्यति सन्तुष्ट छैनन् । ओलीको जिज्ञासामा प्रचण्डले आफू विशूद्ध उक्त संस्थाको कार्यक्रममा भाग लिनको लागि मात्रै जान लागेको र कुनैपनि राजनीतिक भेटवार्ता नगर्ने पक्षमा रहेको विश्वास ओलीलाई दिलाएका थिए ।




प्रतिक्रिया