(नेकपा) छोडेर विप्लव माओवादी बन्नेहरुको संख्या बढ्दै !

0
Shares

काठमाडौं । रसुवा र नुवाकोटमा विप्लव नेतृत्वको नेकपा प्रवेश गर्नेको लहर चलेको छ । यो धुर्बिकरणको लहरले सरकारी नेकपामा भुकम्प गएको छ । यही सिलसिलामा योङ कम्युनिस्ट लिङ नुवाकोटका प्रभावशाली दुई युवा भोजराज खतिवडा र ललितमान लामो एक प्रेस बिज्ञप्ति निकालेर नेकपा आएका छन ।

उनीहरुलाई नेकपा रसुवा नुवाकोट इन्चार्ज रजमान तामाङले स्वागत गरेका छ । यश अघि पनि मजदुर बाट प्रकाश लामा पार्टी प्रवेश गरिसकेका छ्न ।

प्रेस विज्ञप्ती

क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको पछिल्लो प्रक्रिया जनयुद्ध थियो। र त्यसको नेतृत्वकर्ता पार्टी नेकपा (माओबादी) थियो। स्वभाबिक रुपमा प्रचण्ड र बाबुराम त्यसका अगुवा थिए । तिनैमाथी देश र जनताको ठूलो बिश्वास समेत रह्यो ।

तर बिगत शान्ती प्रक्रिया हुँदै प्रचण्ड बाबुरामले देश र जनतामाथि ठूलो धोका र गद्दारी बाहेक अरु केही नदिएकाले हामी अब त्यो आन्दोलन र नेतृत्वमा पलाएन भएको सरकारी नेकपामा विलय नहुने निस्कर्श सहित आजैको मितिबाट कमरेड बिप्लब नेतृत्व गर्नु भएको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएको जानकारी गराउदछौ।

आम क्रान्तिकारी युबा पङ्तिलाइ एकीकृत जनक्रान्तिको कार्यदिशामा एकाकार भै बैज्ञानिक समाजबादी क्रान्तिको बाटोमा अघि बढ्न अपिल गर्दछौं ।

भोजराज खतिवडा
पुर्ब सहसचिव
वाइसीएल नेपाल नुवाकोट

ललितमान लामा
वाइसीएल उपाध्यक्ष बेलकोट गढी नगर पालिका नुवाकोट