काठमाडौं, १० कात्तिक । विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रम जारी छ । अपराह्न १२ बजेदेखि सुरु भएको उक्त चियापान साँझ ५ बजेसम्म चल्नेछ ।
कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत शीर्ष नेताहरु आईसकेका छन् । तर, अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने चियापानमा उपस्थित हुन नसक्ने भएका छन् । ओलीको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि उनी आजको चियापानमा उपस्थित हुन नसक्ने नेकपानिकट उच्च स्रोतले जानकारी दिएको छ ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो । जारी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।
चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए ।




प्रतिक्रिया