नेकपाको चियापान स्थलमा तनाव, कारण यस्तो छ

0
Shares

काठमाडौं, १० कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भृकुटीमण्डपस्थित चियापान स्थलमा तनाव भएको छ । चियापान वहिस्कार गर्न अपिल गर्दै नेकपाभित्रकै असन्तुष्ट समूह भनिएकाहरुले कार्यक्रमस्थलमा धमाधम पर्चा वितरण गर्न थालिएपछि तनाव भएको हो ।

कार्यक्रमस्थलमा रहेका हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले दिएको जानकारीअनुसार नेकपा पक्षधर र पर्चा बाँड्नेहरुबीच केहीबेर तनाव हुन पुगेको हो । उनीहरुले वितरण गरिएको पर्चामा विभिन्न ५ बुँदे माग अघि सारिएको छ ।