काठमाडौं, १० कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को चियापान खल्लो भएको छ । आयोजक पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चियापानमा सहभागी भएनन् ।
स्वास्थ्यमा समस्या देखिएका कारण प्रधानन्त्री चियापानमा सहभागी नभएका हुन् । रुघा खोकी र छातीमा समान्य समस्या देखिएका कारण प्रधानमन्त्री आजको चियापानमा सहभागी नभएको नेताहरुले जनाए ।
नेकपाको चियापानमा नेपालका लागि भारत र चीन दुवै देशका राजदुतहरु पनि आएनन् । यसले पनि आजको चियापान खल्लो भएको छ । भारतीय राजदुत मञ्जिवसिंह पुरी काठमाडौंमै भएरपनि आजको चियापान समारोहमा नआएको बुझिएको छ ।




प्रतिक्रिया