काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रहरी एक्लैले मात्रै अपराध नियन्त्रण गर्न नसक्ने बताएका छन् । राजधानिको भृकुटिमण्डपमा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन ।
उनले भने,‘गुण्डाराज, अपराधिहरुको कारण विकास हुन नसकेको स्थिति छ, अझैपनि विकास निकासका काममा अपराधिहरु बाधक बन्ने गरेको पाइएको छ, विकास र समृद्धिको लागि प्रहरीले मात्रै काम गरेर हुँदैन, जनताको पनि सहभागिता हुनुपर्छ, प्रहरीले आफ्नो कर्तव्यलाई पूर्ण रुपमा पालना गर्नुपर्छ।’
उनले अघि थपे,‘अपराध नियन्त्रणको लागि आजदेखि ऐतिहासिक कामको थालनी भएको छ, शान्ति कायम राख्न, अपराध नियन्त्रण गर्न, प्रहरी एक्लैको प्रयासले सफल हुँदैन, नागरिकको सहभागिता, साझेदारी र भूमिका आवश्यक पर्छ।’
मन्त्री थापाले भने,‘म यसै कार्यक्रम मार्फत सम्पूर्ण जनतालाई आग्रह गर्न चाहन्छु तपाईहरु यस कार्यक्रममा सहभागिता जनाउनुहोस्, शान्ति विकास र समृद्धिको लागि अघि बढौं, नेपालको शान्ति सुरक्षालाई कायम राख्न सबैको चासो रहनुपर्छ ।’





प्रतिक्रिया