काठमाडौं, ११ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी यतिवेला आन्तरिक विवादको भुमरीमा फसेको छ । पार्टी दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गरिरहेको छ । तर, सरकारप्रति जनता पछिल्लो समय निराश बन्दै गएका छन् । पार्टीभित्र शीर्ष नेताहरुले आ आफ्नो गुटलाई मजबुद बनाउने र अर्को गुटलाई कमजोर बनाउने रणनीतिअनुसार आफ्नो गतिविधिहरु अघि बढाएका छन् । यसको प्रत्यक्ष प्रभाव सरकारको पफर्मेन्समा समेत देखिएको छ ।
हुन त आजमात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो गृहजिल्ला चितवन पुगेर पार्टीभित्रको गलत सोचले पार्टी कमजोर हुने खतरा रहेको भनेर सार्वजनिक घोषणा नै गरिदिए । उनको यो अभिव्यक्तिले पनि पार्टीभित्र ठूलै कलह रहेको पुष्टि गरिदिन्छ । प्रचण्डले पार्टीभित्रको आन्तरिक कलह नै पार्टी एकताको लागि खतरा भएको पनि जिकिर गरेका थिए ।
उनले भनेका थिए ‘हामी स्वार्थी भयौँ भने आफैंले आफैंलाई सिद्धाउछौँ, आफैँ भित्रको मैलो सफा गर्न गर्यौ भने कसैले पनि परास्त गर्न सक्दैन।’ उनले पार्टी एकता अघि नै देश भित्र बाहिर ठूलो शक्ति लागेको उल्लेख गर्दै सामान्य कुरामा विवाद गर्नु नहुनेमा जोड दिए। आफ्नै कारण कारण कम्युनिस्ट कमजोर हुने टिप्पणी उनको छ।
बरिष्ठ नेता माधव कुमार नेपालले त संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए । उनले देश डुब्नै लाग्यो माझी दाई आएर बचाईदेउ भनेर गीत नै गाएका थिए । यसले पनि अध्यक्ष ओलीप्रति नेता नेपाल खुशी नभएको स्पष्ट देखाउँछ ।
उता सांसद बन्नको लागि तयारी अवस्थामा रहेका अर्का नेता वामदेव गौतम पनि यतिवेला अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डसँग हच्चिएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने अन्तिम तयारी गरिसकेका नेता गौतमलाई पार्टीका शीर्ष नेताहरुबाटै कुनै सहयोग भएको थिएन् । अन्ततः वामदेव उक्त क्षेत्रबाट अहिले चुनाव लड्ने विषय अब बन्द भएको छ ।




प्रतिक्रिया