कांग्रेस महासमितिमा चिया, नास्ता र लन्चको व्यवस्था : आवास सुविधा नदिने

0
Shares

काठमाडौं, १२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसीर ५ गतेदेखि काठमाडौंमा सुरू हुने महासमिति बैठकमा भाग लिन आउने सदस्यलाई आवासको सुविधा नदिने भएको छ।

चिया, नास्ता र लन्चको व्यवस्था गरे पनि कांग्रेसले महासमिति सदस्यलाई आवासको सुविधा नदिने भएको हो। यसअघिका महासमिति बैठक र महाधिवेशनमा कांग्रेसले आफ्ना सदस्यहरूलाई आवासको सुविधा प्रदान गर्दै आएको थियो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आवासको सुविधा प्राप्त भए पनि अधिकांश सदस्यहरूले त्यसको प्रयोग नगर्ने भएकाले यसपाली हटाइएको बताए।