बाख्रा चराउन गएकी १४ वर्षिया प्रमिला जङ्गलमा मृत फेला

0
Shares

बर्दिया । जिल्लाको राजापुर नगरपालिका ४ छेडियाको मुक्त कमैया टोल बस्ने १४ वर्षिया बालिका प्रमिला चौधरी मृत अवस्थामा फेला परेकी छिन् ।

आइतबार बिहान बाख्रा चराउन घरबाट नजिकैको जङ्गल गएकी १४ वर्षिया चौधरी आज नजिकैको जङ्गलमा रुखमा झुन्ड्याईएको अबस्थामा फेला परेकी हुन् । लासको प्रकृति हेर्दा उनको हत्या गरेर झुण्ड्याईको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

तस्बिरः साथी एफएम बर्दियाका पत्रकार मिन अधिकारीको फेशबुकबाट