काठमाडौं, १२ कात्तिक । उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गरेको KaSAM- 2018 (Kathmandu Symposia on Advanced Materials-2018) नामक चार दिवसीय अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन पदार्थ विज्ञानसँग सम्बन्धित समकालिन आविष्कार तथा खोजका बारेमा अन्तरक्रिया गर्दै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।
उक्त समापन समारोहको सभापतित्व भने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओलीले गरेका थिए । ओलीले मुलुकको विकास र समृद्धिको लागि विज्ञान तथा प्रविधिको महत्वबारे प्रकाश पारेका थिए ।

यसका अलावा ओलीले आविष्कारको क्षेत्रमा र यसको लागि सरकारको तर्फबाट आफूहरु जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको विश्वास दिलाए ।
त्यस्तै उक्त सम्मेलनका अध्यक्ष प्रा.डा. रामेश्वर अधिकारीले देशमा विद्यमान विज्ञान तथा प्रविधिको श्रीवृद्धि, स्तरोन्नती र विकासको लागि सबै सरोकारवाला निकाय र यसका प्रतिनिधिहरुले हातमा हात र काँधमा काँध मिलाएर सहकार्य गर्न आग्रह गरे ।

त्यस्तै नेपाल सरकारका पूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले यस्ता खाले वैज्ञानिक सम्मेलनले मुलुकमा अन्तर्राष्ट्रिय ज्ञान तथा सहकार्य गर्न टेवा पुग्नेबारे प्रकाश पारेका थिए ।

पदार्थ विज्ञानमा भएको नविनतम खोज र यसले आधुनिक समाजमा पारेको प्रभावका बारेमा एक दर्जनभन्दा बढी देशका करिब ज्ञछण् युवा वैज्ञानिक तथा शिक्षाविद्हरूका बीचमा अन्तरक्रिया भएको थियो।
पदार्थ विज्ञान आधुनिक समाज विकासको आधार भएको र यसलाई प्रविधियुक्त बनाउँदै उन्नत समाज निर्माणमा लाग्नु पर्नेमा सम्मेलनले जोड दियो। हाम्रोजस्तो विकासोन्मुख देशका लागि यस्ता नवीनतम प्रविधिको बारेमा खोज अनुसन्धान र अन्तरक्रिया हुनु अत्यन्तै सकारात्मक भएको नेपाली सहभागीहरूको धारणा थियो।
पदार्थ विज्ञानसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू तथा अनुसन्धान कर्मीहरूको बीचमा सहकार्य लागि सकृय संजाल निर्माण गर्न यो अन्तर्राष्ट्रिय सम्मेलन कोशेढुंगा सावित भएको कुरामा आयोजक तथा सहभागीहरूको मतैक्यता रहेको छ।
Declaration :
१. २/२ वर्षमा आयोजना हुने KaSAM को अर्को संस्करण KaSAM-2020 का नामले आयोजना गर्ने,
२. Nepal Polymer Institute (NPI) को राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालयहरु तथा विभिन्न अनुसन्धान केन्द्रहरुसँग थप सहकार्य गर्ने तथा उक्त सहकार्य र समजदारिको नतिजाहरु सम्बन्धी बृहत छलफल गर्ने,
३. Nepal Polymer Institute (NPI) को सौजन्यमा Nanomaterials and Polymers Innovation (NPI) नामक अन्तर्राष्ट्रिय जर्नल प्रकाशन गर्ने।




प्रतिक्रिया