केपी ओलीले दाह्री काट्दै भने–मलाई डिस्चार्ज गर्दिनुस्

यसअघि विरामी हुँदाको फाइल तस्विर

कात्तिक १३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक–दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार बिहान जारी गरेको विज्ञप्तिअनुसार रगतको परीक्षण र छातिको एक्सरेको रिपोर्ट सकारात्मक आएको छ ।

ओलीले आज विहान ब्रेकफास्ट लिनुका साथै आफैँले दाह्री काटेका थिए । यस्तै, चिकित्सकहरुलाई प्रधानमन्त्रीले ७२ घन्टामा आफूलाई डिस्चार्ज गर्न पनि आग्रह गरेको छन् ।

स्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका थिए । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छातिरोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ ।