अस्पतालमा प्रधानमन्त्रीको दिनाचार्य, मिडियामा आफ्नो कुरा राख्न आँतुर

0
Shares

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ। आज विहान १० बजे अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको जनाएको छ ।

अस्पतालका निर्देशक डा उत्तम कृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।,‘आज बिहान गरिएको रगत परिक्षण र एक्स रे रिपोर्टहरु सकारात्मक रहेको र स्वास्थ्य सुधारोन्मुख रहेको छ ।’ उनको उपचारमा संलग्न डा. सायमीले प्रधानमन्त्री ओलीले बिहान सजिलैसँग ब्रेकफास्ट खाएको र दाह्री काटेको समेत जानकारी दिए।

उनको उपचारमा डा सायमीको संयोजकत्वमा डा‍. दिव्या सिंह र डा. सन्तकुमार दास संलग्न छन्। प्रधानमन्त्री ओलीलाई बिहान ४स्३० बजे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको चिकित्सकहरुले अनुमान गरेका छन्।

डा.सायमीले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आफूलाई पर्सी (बिहीबार) सम्म डिस्चार्ज गरिदिन उपचारमा संलग्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । ओली आफ्नो स्वास्थ्य अवस्थाको जानकारी मिडियासामू आँफै दिन आँतुर छन् ।

ओलीको रगत परीक्षण र छातीको एक्सरे रिपोर्ट सकारात्मक रहेको अस्पतालले जनाएको छ। सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खाएको जानकारी दिए। प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४:३० बजे अस्पतालमा भर्ना गरिएको थियो।