काभ्रेकाे कोटतेमालमा बस दुर्घटना, १८ जना घाइते

0
Shares

काभ्रे, २२ कार्तिक। काभ्रेकाे नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काका अनुसार बनेपाबाट नारयणथानका लागि छुटेको बा ४ ख ५८०१ नम्बरको यात्रुवाहक बस सडकबाट ७ मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई अहिले उपचारका लागि धुलिखेल अस्पतालमा पुर्याइएको छ । स्थानीय र प्रहरीको बलमा उनीहरुको उद्धार गरिएको हो ।