काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री स्वस्थ भएर अस्पतालबाट बालुवाटार फर्केपछि पहिलो पटक मन्त्रिपरिषदको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा मित्रराष्ट्र भारतको लागि नेपाली राजदुतमा नाम सिफारिश गरिएको छ ।
स्रोतका अनुसार राजदुतमा नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहमा रहेका सदस्यहरुमध्येबाट एक जनाको नाम सिफारिश गरिएको छ। ईपिजीमा नेपालको तर्फबाट पूर्वराजदुत डा. भेषबहादुर थापा, निलाम्बर आचार्य, सुर्यनाथ उपाध्याय र डा राजन भट्टराई छन् ।




प्रतिक्रिया