कात्तिक २६, काठमाण्डौ । पक्राउ परेका आफ्ना नेताको रिहाईको माग राख्र्दै नेपाल बिद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
आफ्ना नेताको रिहाईको माग राख्दै आन्दोलनको घोषणा गरेको नेविसंघले सोमबार काठमाडौंको प्रर्दशनीमार्गमा प्रधानमन्त्रीको पुत्दा दहन गरेको हो । काभ्रेको मण्डन देउपुर नगरपालिकाको तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
त्यसको विरोधमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएको जनाएको छ । नेविसंघका सभापति नैनसिंह महरले नेता ढकालको रिहाईको लागि आफूहरुले शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेको बताउँदै तत्काल रिहाई नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । त्यस्तै महरले सरकार बलात्कार, कालोबजारी गर्ने र हत्याराहरुको संरक्षणमा लागेको आरोप लगाउदै वर्तमान सरकार कम्युनिष्टबाहेकका विचार बोकेका मानिसप्रति प्रतिशोधको भावनामा अघि बढेको बताए ।
पुत्दा दहन कार्यक्रमपछि नेविसंघ आवद्ध बिद्यार्थीहरुले सरकार बिरोधी नारा लगाएका छन् । त्यस्तै उक्त घटनाको विरोधमा काभ्रेका शैक्षिक संस्था बन्द गराइएका छन् ।




प्रतिक्रिया