काठमाण्डौका सार्वजनिक शौचालय, हेरिसक्नु छैन, कसरी प्रयोग गर्ने ?


मंसिर १, काठमाण्डौ । तपाईं काम विशेषले एक दिन काठमाण्डौमा हिँड्नुभयो भने, अनगिन्ती समस्या भोग्नुहुनेछ । भन्न पनि लाजमर्दो के छ भने काठमाण्डौ उपत्यकामा पर्याप्त सार्वजनिक शौचालय समेत छैन । कति कठीन होला त शौचालय अभावको नतिजा ?

उपत्यकामा रहेको सार्वजैनिक शौचालय अव्यवस्थित हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । दैनिक आवतजावात गर्ने कतिपय मानिसहरु दिशापिसाब च्यापेर हिड्न बाध्य छन् । काठमाडौ उपत्यकामा रहेको थोरै मात्र सार्वजैनिक शौचालय फोहोर अवस्थामा रहेको भेटिन्छ भने केहि शौचालयहरु भने व्यवस्थित छन् । उपत्यकामा जमल, न्युरोड, त्रिपुरेश्वर ,बानेश्वर, रत्नपार्कलगायत काठमाडौमा १६ ओटा मात्रै सार्वर्जनिक शौचालय छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा लिएकोे अहिले ड्रइङ डिजाइन बन्दै गरेको बताएका छन् । झण्डै ५० लाखभन्दा बढी जनसंख्या भएको ठाउँमा १६ वटा शौचालयले नपुग्ने भएपछि महानगरले सडक विभागसँग ४२ ठाउँमा सार्वजनिक शौचालय बनाउने अनुमति लिईसकेको र चार महिनाभित्र शौचालय बनाइसक्ने महानगरले जनाएको छ । अबको ६ महिनामा ति शौचालय बनिसक्ने उनको दावी छ ।

महानगरपालिकाले स्मार्ट शौचालयको व्यवस्थापन गर्ने भनिएता पनि भएका शौचालय व्यवस्थित नहुँदा स्थानीय र यात्रुहरु समस्यामा पर्ने गरेका छन् । जताततै फोहोर र दुर्गन्ध अनि सरसफाई नगरिँदा बसिनसक्नु भएको स्थानीयले बताएका छन् । शौचालय कम हुँदा चाडबाडको समयमा दिशापिसाब गर्न पालो कुर्नुपरेकोले शौचालय थप गर्न स्थानियले माग समेत गरेका छन् ।

पर्याप्त मात्रामा शौचालय नहुँदा र भएका पनि अव्यवस्थित हुँदा उनीहरु अव्यवस्थित शौचालय प्रयोग गर्न बाध्य छन् । सम्बन्धित निकाय र महानगरपालिकाले तत्काल सार्बजनिक शौचालयको सरसफाई र विभिन्न ठाउँमा शौचालय थप गर्ने समयमानै ध्यान समयमानै ध्यान दिनु आजको आवश्यकता छ ।