कौरव खत्रीः गुल्मी । जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पनाहमा श्रीमानले श्रीमतिको हत्या गरेपछि अनाथ चार बालबालिकालाई जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रवार एस.ओ.एस बालग्राम काठमाण्डौलाई जिम्मा लगाएकोे छ । मदाने गाउँपलिकाका अध्यक्ष दान बहादुर केसी र जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा अनाथ बालबालिका बर्ष ११ का विपिन नेपाली रहेका छन् ।
त्यस्तै वर्ष ९ की विपिना नेपाली,बर्ष ६का विकास नेपाली र डेढ बर्षका विक्कि नेपाली गरि चार बालबालिकाहरुलाई संरक्षणका लागि एसओएस बालग्रामले उनीहरुको सम्पूर्ण लालनपालन गर्ने गरि जिम्मा दिईएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले बताए ।
गत कार्तिक १५ गते राति ११ बजे मदिरा सेवन गरि श्रीमतिको हत्या गर्ने दुर्गा बहादुर नेपालीका चार जना छोराछोरी छन । उनीहरुको पालनपोषण र संरक्षण गर्न कोहि आफन्त नभएकाले कार्तिक १५ गते देखी ति बालबालिकाहरुलाई मदाने गाँउपालिकाका अध्यक्ष दान बहादुर केसीको पहलमा जिल्ला प्रशासन कार्यालयले पालनपोषण र संरक्षण दिँदै आएको थियो । तश्वीर ःकौरव खत्री




प्रतिक्रिया