कैलाली । जैमिनी गोत्रीय बन्धुहरुको उत्थानको लागि क्रियाशिल संस्थाहरुले संयुक्त आयोजना गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृहत सम्मेलन कैलालीको लम्कीमा सम्पन्न भएको छ ।
सम्मेलनले जैमिनी गोत्रीय बन्धुहरुको उत्थानको लागि विभिन्न क्षेत्रमा क्रियाशिल संस्थाहरु जैमिनी मंञ्च, विश्व जैमिनी समाज र घोडासैनी-घोरासैनी वंश उत्थान समाज एकताबद्ध भई एउटा विशाल संस्थाको बनाउने निर्णय गरेको छ । सम्मेलनले यसरी एकताबद्ध भई संस्थाको नयाँ नाम “जैमिनी गोत्रिय घोडासैनी समाज” सार्वजनिक गरेको छ ।
यस संस्थालाई कानुनी रुपमा स्थापना गर्न केहि समय लाग्ने जनाइएको छ । सम्मेलनको विशेष भेलाको संयुक्त छलफलबाट तुलाराम उपाध्याय घोडासैनीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सम्मेलनले महर्षि जैमिनीको जन्म तथा तपोभूमीको रुपमा परिचित बाग्लुङको जैमिनी नगरपालिकामा पर्ने तिर्थस्थल तथा पर्यटकिय क्षेत्र जैमिनीघाटको र जैमिनीका सन्तान घोडासैनीको उद्गम स्थल अछामको घोडासैनको अध्ययन, अनुसन्धान र विकास गर्ने निर्णय गरेको छ ।

जैमिनी गोत्रका सन्तानहरु नेपाल, भारत, भुटान धेरै परिवार रहेको र नेपालमा विभिन्न जिल्लाका घोडासैनी शब्दको भाषिक उच्चारण र अन्य कारण देखिएका जैमिनी गोत्रीय थरहरु घोडासैनी, घोरसाई,घोरासाइने, घोरासैनी, घोर्साने, शर्मा, जैसी, जोशी, उपाध्याय रहेका र अन्य थरहरुको खोज गरेर सबैलाई गोत्रमा समेट्नु पर्ने कुरामा सहभागिले जोड दिएको छन ।

नेपाल, भारत लगायत अन्य ठाउँबाट करिब एक हजार जनाको सहभागिता रहेको सम्मेलन मूल आयोजक समितिका संयोजक डम्मर जैसी घोडासैनी जानकारी दिएका छन । तस्विरः एकेन्द्र घोडाशैनी




प्रतिक्रिया