काठमाडौँ,२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले जनमत अनुसार काम गर्नुपर्ने बताएका छन ।रफत सञ्चार क्लबले आज आयोजना गरेको कार्यक्रममा नेता गुरुङले जनताको जनमतअनुसार राज्यका सबै अङ्ग रुपान्तरण हुनुपर्ने जनाए ।
“सङ्घीयता कार्यान्वयन गर्ने विषयमा केही अन्यौल देखिएकाले काममा केही ढिलासुस्ती भएको हो,” उनले भने, “सङ्क्रमणकाल जारी रहेकाले व्यवस्थामा रुपान्तरण गर्दै जानुको विकल्प छैन ।”
उनले संविधानतः देशमा बहुदलीय प्रणाली रहेको भने तापनि देश दुई दलीय प्रणालीतर्फ जान लागेको बताएका थिए। दुई दलीय व्यवस्थामा जान लागेको अवस्थामा कम्युनिष्ट एक भएर जानुको विकल्प नरहेको उनको भनाइ थियो । हाल सदनमा प्रतिपक्षको भूमिका नकारात्मकभन्दा पनि सकारात्मक रहेकाले काङ्ग्रेसले विभिन्न विधेयक पारित गर्दा देखाएको समर्थनले सो कुरा प्रष्ट्याएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको नेता गुरुङले जनाएका थिए ।रासस




प्रतिक्रिया