सभापति देउवा र महामन्त्री कोइरालाले दिए यस्तो यभिव्यक्ति, गगन थापाले के भने ?


काठमाण्डौ । नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउनुको बिकल्प नभएको बताएका छन् ।

सोमबार ललितपुरमा काग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागी आयोजित ३ नंवर प्रदेश स्तरीय कार्यशाला गोष्ठिको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्रको गुटउपगुटलाई अन्त्य गर्दै एकढिक्का बनाउनुको बिकल्प नभएको बताएका हुन् ।

चूनावका बेला एमाले र माओवादी एक पार्टी भएपनि काग्रेस भने दुई पार्टी जस्तो भएकाले अपेक्षा अनुसारको नजिता आउन नसकेको उनको तर्क थियो । पार्टीको राजनीतिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको विषयमा राजनीतिक प्रस्तामाथि गम्भीर भएर छलफल गर्नुपर्नेमा उनले जोड दिए । फरक प्रसंगमा सभापति देउवाले वर्तमान सरकार एक दलिय सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाए ।

त्यस्तै काग्रेस नेता गगन थापाले सरकारले संबिधान कार्यान्वयन गर्नेमा आशंका रहेको धारणा राखे । दुई तिहाईको सरकार हुदा पनि मुलुकका जनता निराश हुनुमा सरकारको क्षमतामाथि प्रश्न उठेको उनको भनाइ छ ।

कार्यक्रममा सहभागी नेताहरुले कांग्रेसले अहिलेको अवस्था र आगामी दिनमा आउन सक्ने राजनीतिक चुनौतिको सामना के कसरी गर्छ भन्ने मार्गचित्र स्पष्ट बनाउन आवश्यक रहेको बताएका थिए । आगामी महासमिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनका लागि सुझाव संकलन समितिले प्रदेश स्तरिय छलफल गरेको हो । कांग्रेसले महासमिति बैठकमा पेस गर्ने गरी राजनीतिक प्रतिवेदन तयार गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा १७ सदस्यीय राजनीतिक प्रस्ताव मस्यौदा समिति बनाएको थियो ।

त्यस्तै काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन दुई महिनापछि सार्ने पार्टी केन्द्रिय कार्य समितिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव नरहेको भन्दै पार्टी केन्द्रिय कार्य समितिको आईतबार बसेको बैठकको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आफू नेविसंघको महाधिवेशनको मिति ६ महिना पछिसार्ने पक्षमा रहेको पनि स्पष्ट पारे । आईतबार साँझ बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको म्याद २ महिना मात्रै थप गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो । तर महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव छ भनि सभापति देउवालाई प्रश्न गरेका छन् । महामन्त्री कोइराला आइतबारको केन्द्रिय कार्य समिति बैठकमा उपस्थित थिएनन् ।

महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक अब सार्न नहुने धारणा पनि राखे । आगामी मंसीर २८ गतेबाट सुरु हुने भनि गरिएको निर्णय अनुसार नै महासमिति बैठक बस्नुपर्ने उनको अडान छ । महामन्त्री कोइरालाले पार्टीको विधान निर्माणमा गम्भिर भएर लाग्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराए ।