काठमाडौं । देशमा धेरै आन्दोलन भए । परिवर्तन भए । अझैपनि प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न सकिरहेको अवस्था छैन् । अहिले नेपाली काँग्रेसको भाातृसंस्था नेविसंघको कार्यकाल सकिएर पनि थपिएको ३ मैना पनि सकिएको छ ।
चुनावमा हार व्यहोरेको नेपाली काँग्रेस आन्तरिक बिबादको चपेटामा च्यापिएको छ । सरकारका गतिविधिहरुमा बेखबर जस्तै बनेको काँग्रेसको भातृ संस्थाको हालत पनि नाजुकै छ ।
पार्टी कार्यलय सानेपामा नेविसंघ विगठन गर्ने कि यसलार्इ महाधिवेशनबाट यसको नेतृत्व चयन गर्ने भन्ने विषयमा दुई दिनसम्म पार्टीको छलफल भयो । संघका सभापति नैनसिंह महर नेतृतवको केन्द्रीय समितिलार्इ जिम्मेवारी दिएर फेरीपनि दुर्इ महिना समय थपिएको छ ।
पार्टी सभापति शेर बहादुर देउवाको एकल दबाब मार्फत उक्त समय थपिएको छ । विधान अनुसार थपेको तिन मैना भित्र अधिबेशन गरिसक्नुपर्ने अन्यथा नेविसंघ स्वःतह बिगठन हुने भनिएको थियो । कार्यकाल भित्र महाधिवेशन गर्ने र तथापि नसकिए तीन महिना समय थपेर संस्थालाई जिवन्त बनाउने ११अौं महाधिवेशनको मुख्य मक्सत थियो ।
सम्बन्धित समाचार
आकस्मिक महाधिवेशन बोलाएर नेतृत्व लिन तयार छु: अर्जुन बम
नेवि संघ नेतृत्व एजेण्डा विहीन बन्दैछ: अर्जुन बम
अहिले पार्टी भित्र नेविसंघको कुराले गर्दा पार्टीलाई संकटमा उभिएको छ । यस मैनाको अन्तिममा नेपाली काँग्रेस महासमितिको बैठक काठमाडौंमा हुदैछ । त्यस्तै नेविसंघको महाधिवेशन र तरुण दलको भित्रको बिबाद थामि नसक्नु छ।
नेविसंघ महासमितिको बैठक अगि गरियो भने सभापति देउवा झनै अल्पमतमा पर्ने देखेर २ मैना नेविसंघको बिधान भन्दा बाहिर गएर थपेका छन । यदि थप्नै थियो भने महाधिवेशन गराउने हो भने ६ मैना थप्नु पर्ने हो । २ मैना पछि बिगठन गर्न पनि देउवालार्इ सहज हुने छैन । अहिलेको कमिटीले अबको अधिबेशन दुई महिनामा ४०-५० जिल्लामा अधिवेशन गर्न जरुरी छ । त्यसपछि देउवा झन संकटमा हुनेछन ।
अबको नेविसंघको भविष्य र यसको नेतृत्व कसले लिन्छ भन्ने महत्वपूर्ण प्रश्न खडा भएको बेला संघका केन्द्रीय सदस्य अर्जुन बमले आफूलाई अघि सारेका छन् ।
राज्यको नजरबाट टाढा रहेको तथा पीछडिएको क्षेत्र हो कर्णाली । अन्य केही सरकारी क्षेत्रमा यस क्षेत्रका व्यक्तिहरुको पातलो रुपमा उपस्थिति बाहेक नेतृत्वको क्षेत्रमा पुगेर काम गरेको देखिदैन । आजको दिनसम्म त्यहाँको कुनै व्यक्ति न कुनै ठूलो पार्टीको अध्यक्ष तथा, न कुनै पार्टीको शक्तिशाली भातृ संगठनको अध्यक्ष पदमा पुगेको ईतिहास छैन् ।
पछिल्लो समयमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा उमेरको हद लागू गरिए पछि कर्णाली प्रदेशका अर्जुन बम नेविसंघको नेतृत्व लिन अघि सरेका हुन ।
उनी भन्छन्,‘नेविसंघको १२अौं महाधिवेशनको लागि पहिलो पटक कर्णाली प्रदेशबाट नेतृत्वमा दावि गर्न पुगेको छु । यस अगि नेविसंघको नेतृत्व लिन प्रभावशालि यूवा नेता एवम् नेविसंघका पुर्व उपाध्यक्ष भुपेन्द्रजंग शाही र ऋशिकेशजंग साह अध्यक्षका उमेदवार हुनुभयो तर नेतृत्व लिन सक्नु भएन ।’
शाही अहिले तरुण दलका महामन्त्री छन भने शाह पार्टीको राजनीतिमा अग्रसर छन् । नेविसंघमा ३२ बर्षे उमेर हद लागेसँगै संघका केन्द्रीय सदस्य बमले नेतृत्व पाउने सम्भावना बढ्दै गएको बताएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बमलाई संघका पुर्व सभापति रंन्जित कर्ण, वर्तमान उपाध्यक्ष प्रकाश राना र नविन रार्इ लगायतको बलियो सहयोग रहेको नेता बमको जिकिर छ ।




प्रतिक्रिया