काठमाडौं, ५ मंसिर । आज विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते आजकै दिन उक्त सम्झौता भएको थियो । तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । नेपाली राजनीतिमा आजको दिन अत्यन्तै महत्वपूर्ण छ ।
तत्कालिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले सरकारको तर्फबाट र माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । प्रचण्डले नचाहेको भए आज मुलुकमा शान्ति स्थापना हुन सक्दैनथियो भन्ने आवाजपनि जबरजस्त छ ।
द्वन्द्वबाट पिल्सिएको मुलुकलाई शान्ति प्रक्रियामा ल्याउनको लागि प्रचण्डले ठूलो साहसिक निर्णय गरे । गिरिजा र प्रचण्ड दुवै शान्ति प्रक्रियाका नायक हुन् । अहिले शान्ति सम्झौतामा हस्ताक्षर गर्नेमा प्रचण्डमात्रै जिवित छन् ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अघि बढिरहेको छ । अब मुलुक आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने वर्तमान सरकारको उद्धघोष छ । तर, अहिलेपनि सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु छन् ।




प्रतिक्रिया