चेल्सीका पूर्व खेलाडी ड्रोग्बाले सन्यास लिए

0
Shares

काठमाडौं, ६ मंसिर । आइभोरी कोष्ट तथा चेल्सीका पूर्व खेलाडी डिडियर ड्रोग्बाले खेलाडी जीवनबाट सन्यास लिएका छन् । पछिल्लो १८ महिनादेखि अमेरिकी क्लव फिनिक्स राईजिङबाट व्यावसायिक फुटबल खेल्दै आएका ड्रोग्बाले सबैखाले खेलाडी जीवनबाट सन्यास लिएका हुन् ।

ड्रोग्बा अमेरीकी क्ल फिनिक्स राईजिङका सह–मालिक पनि हुन् । उनले राष्ट्रिय टोली आईभोरी कोष्टबाट भने यसअघि नैं सन्यास लिइसकेका थिए ।

४० वर्षिय ड्रोग्बाले आफ्नो करियरको अधिकतम समय चेल्सीमा बिताएका थिए । चेल्सीबाट उनले एक पटक युएफा च्याम्पियन्स लिग, चार पटक इङ्गलिस प्रिमियर लिग, चार पटक एफ.ए कप र दुई पटक लिग कप फुटबलको उपाधि जितेका छन् ।

क्लबका लागि ३ सय ८१ खेल खेलेका ड्रोग्बाले १ सय ६४ गोल गरेका छन्। आईभोरी कोष्टका लािग तिन पटक विश्कपप फुटबल खेलेका ड्रोग्बाले देशका लागि कुल १ सय ५ खेलमा ६५ गोल गरेका छन् ।

तिन पटक अफ्रिकन वर्ष फुटबल खेलाडी बनेका ड्रोग्बाले प्रिमियर लिगको दुई सिजनमा गोल्डेन बुट जितेका छन् । एजेन्सीको सहयोगमा