काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालको विदेश नीति अहिलेपनि पञ्चशीलमा आधारित सिद्धान्त नै सान्दर्भिक रहेको बताएकी छिन्। ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘ भारतसित हाम्रो खुल्ला सिमा छ । हाम्रो व्यापारपनि भारतसँग भैरहेको छ । विद्यार्थीहरु एक्सचेन्ज भैरहेको छ । धर्म, संस्कृति, भाषा, भेषभुषा पनि मिल्छ । भौगोलिक हिसाबलेपनि हामी भारतसँग नजिक छौं । हाम्रो सम्बन्ध धेरै राम्रो हुनुपर्छ । सम्बन्ध राम्रो भएन भनेदेखि मुलुकलाई पनि त्यसले धेरै क्षति पुर्याउन सक्छ । हाम्रो मुलुकलाई विकास गर्नुछ । सहयोग लिनुपर्छ । चीनको पनि सहयोग लिनुपर्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले चीनपनि असल र राम्रो छिमेकी भएकोले उसँगपनि सहयोग लिन सक्नुपर्ने धारणा राखेकी छिन् ।
उनले भनिन्,‘तर, हाम्रो डे–टु–डे बिजनेश छन्, खुल्ला बोर्डर भएकोले समस्याहरु पनि छन् । त्यसलाई समाधान गरेर जानुपर्छ । र, समाधान गर्ने क्षमतापनि राख्नुपर्छ । हाम्रो बीचमा आपसी विश्वास पनि हुनुपर्छ । र, सत्य पनि बोल्नुपर्छ । हामीले आफ्नो हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । विशेषगरि भारतसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । भारतसँग कुराकानी गर्नपनि सजिलो छ । र, झगडा गर्नपनि सजिलो छ।’




प्रतिक्रिया