जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश

0
Shares

काठमाडौं, १५ माघ। इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईमा जारी प्रतियोगिताको सेमिफाइनलमा जापानले अर्को दावेदार टोली ईरानलाई ३–० ले हरायो ।

खेलमा जापानलाई विजयी गराउन युया ओसाकोले दुई गोल गर्दा हारागुचीले एक गोल थपे । जापानले अब फाइनलमा आयोजक युएई वा कतारमध्ये एक टोलीको सामना गर्नेछ । युएई र कतारबीचको दोस्रो सेमिफाइनल आज राति हुँदैछ ।

एजेन्सीको सहयोगमा