देवघाटबाट शशांकको उद्धघोष : जनमतसंग्रहबाट हिन्दुराष्ट्रको बारेमा निर्णय गर्ने

File Photo

चितवन, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले जनमतसंग्रहमार्फत हिन्दुराष्ट्रको बारेमा निर्णय गर्ने पक्षमा उभिने बताएका छन्।

महेश संन्यास आश्रम देवघाटद्वारा आयोजित देवघाटधाम विराट ज्ञानमहायज्ञको ज्ञानसभामा बोल्दै कोइरालाले हिन्दुराष्ट्रको निर्णय जनमतसंग्रहद्वारा हुनुपर्ने पक्षमा कांग्रेस उभिने बताए। कोइरालाले देवघाटधाम विराट् ज्ञानमहायज्ञमा सबैलाई सहभागी हुन आह्वान समेत गरे।