काठमाडौं, १ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्ध अझै सुमधुर हुन सकेको छैन् ।
आज फागुन १ गते काठमाडौंमा नेकपा र सरकारले दुई वटा कार्यक्रम आयोजना गरेको थियो । पार्टी कार्यालय धुम्बाराहीमा नेकपाले जनयुद्ध दिवस मनायो । त्यहाँ पार्टीका अध्यक्ष प्रचण्डमात्रै गए । तर, अर्का अध्यक्ष ओली गएनन् ।
यता, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भमा प्रधानमन्त्री ओली गए । तर, अर्का अध्यक्ष प्रचण्ड उक्त कार्यक्रममा गएनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको महत्वपूर्ण कार्यक्रममा प्रचण्ड नजानुको कारणबारे नेकपाभित्रै हल्लीखल्ली मच्चिएको छ ।




प्रतिक्रिया