जनताको विकासको तिर्खाबारे म जानकार छु : प्रधानमन्त्री ओली

0
Shares

काठमाडौं, २ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको विकासप्रतिको तिर्खाबारे जानकार रहेको स्पष्ट पारेका छन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘समस्याहरू छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, जनताको चाहना पाँच नम्बर गियरमा विकास होस् भन्ने छ, गियर क्रमशः मात्र बढाउन सकिन्छ भन्ने विनम्र आग्रह गर्न चाहन्छु।’ ९/९ महिनामा सरकार फेरिने बानी नेपालीहरूमा परेको पनि उनले बताए । ओलीले थपे,‘अब सरकार फेरिँदैन् ।’

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको दाबी समेत गरे । पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधानअनुसार मौलिक हकको कार्यान्वयन लगायतका काम गर्न सफल भएको पनि उनले जनाए ।

यद्धपी उनले सरकारले गरेको प्रगतीको तथ्याङ्कलाई मिथ्याङ्कका रूपमा प्रस्तुत गरिएको भन्दै दुःखेसो पोखे ।