ओली सरकारको एक वर्ष : तीन नेताको तीन थरी कुरा (भिडियोसहित)


फागुन ३, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले एक वर्ष गुजारेको छ । यस अवधिमा सरकारले जे जति काम गरेको दावी गरे पनि त्यो यथार्थपरक नभएको कतिपयले बताएका छन् ।

प्रतिपक्षी दल र सर्वसाधारणले मात्रै होइन, प्रधानमन्त्री ओलीकै सारथी भनिएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि सरकारको आलोचना गरे । वास्तवमा सरकारले के कस्ता काम गर्यो त ?

सरकारको एक वर्षे समिक्षाको रुपमा ऋषि धमलाले नेकपाका नेता आनन्द पोखरेल, नेपाली कांग्रेसका नेता महेन्द्र यादव र विवेकशील साझाका नेता मुमाराम खनालसँग कुराकानी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानीको पूरा भिडियो यहाँ प्रस्तुत गरिएको छ ।