प्रशासनिक पुहँचका आधारमा स्थायी राजधानी : उर्जामन्त्री पुन

0
Shares

शरद रेग्मी : दाङ, १० फागुन । उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनले पांच नन्बर प्रदेशका ४५ लाख जनताहरुको प्रशासनिक पहुँच पुग्ने उपयुक्त स्थानमा प्रदेशको स्थायी राजधानी तोकिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल, दाङले शुक्रबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।उनले भने,‘त्यसका लागी जनमत बुझ्ने कामसमेत प्रदेश सांसदहरुबाट सुरु भैसकेको छ ।’

उनले भने,‘म बांके बर्दियामा पटक–पटक घुमें, उहांहरुले आफुहरुलाइ पायक पर्ने स्थानमा राजधानी नभए पाँच नंवर प्रदेशबाट छुट्टिने समेत बताइसक्नुभएको छ, त्यसैले प्रदेशका ४५ लाख जनताको मनोभावनालाइ समेटेर स्थायी राजधानी तोकिन्छ।’

राजधानीको नामाकरण र स्थाइ राजधानीको टुंगो लगाउन प्रदेश सभाले उपयुक्त निर्णय गर्नेमा ढुक्क रहन पनि मन्त्री पुनले आग्रह गरे ।
मन्त्री पुनले संघीयता कार्यान्वयनको प्रमुख आधार भनेकै कानुन निर्माण भएकाले सरकारले यो बर्ष अत्यधिक मात्रामा कानुन निर्माणमा समय विताएको स्पष्ट पारे ।

मन्त्री पुनले एक बर्षभित्र पुरै तुलसीपुर उपमहानगरपालिकामा सहज रुपमा विद्युत सेवा उपलव्ध गराउने दावी गरे । ‘सवै स्थानमा विद्युत पु¥याउन सरकार तयार छ, त्यसमा तुलसीपुर उपमहानगरपालिकाले राखेको पचास÷पचास प्रतिसत लगानीको प्रस्तावलाइ पनि सरकारले उत्साहकासाथ पुरा गर्ने छ’—मन्त्री पुनले भने ।

त्यसैगरि देउखुरी उपत्यकाका नाका क्षेत्रमा समेत सहज विद्युत सेवा उपलव्ध गराउन सरकारले आवश्यक योजना बनाइरहेको पनि मन्त्री पुनले जनाए ।

अर्को प्रशंगमा मन्त्री पुनले राप्ती राजमार्गको स्तरोन्नती गरी भारत—नेपाल—चिन सिमाना सम्मको सडक विस्तार गर्ने योजनामा सरकार रहेको सुनाए । ‘राप्ती राजमार्ग लाइफलाइन हो, यसलाइ चारलेन बनाउने सवालमा सरकार गम्भीर छ’—रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा बोल्दै मन्त्री पुनले भने ।

अहिले उक्त क्षेत्रमा कहालिलाग्दा दुर्घटनाहरु भैरहेको स्मरण गर्दै मन्त्री पुनले दुर्घट्ना न्युनिकरणको एकमात्र विकल्प सडकको स्तरोन्नती रहेको पनि बताए । त्यसैगरी नेकपाको सांगाठनिक एकता प्रक्रिया पनि चाँडै टुंगिने उनले दाबी गरे ।

रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा कर्णली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीलाइ दाङसंग जोडेर संघीय राजधानी पुग्ने व्यवस्थापन गर्न चांडै तुलसीपुर—हापुरे—सुर्खेत सन्चालनमा आउने दावी गरे ।

‘यो सडकले कर्णालि प्रदेश, पांच नंवर प्रदेशको राजधानी दाङ र संघिय राजधानी काठमाण्डौलाइ जोड्ने छ, मन्त्री ज्वालाले भने,‘यो सडक सन्चालनमा आए कर्णालिलाइ राजधानीमा जोड्न ८७ किमि दुरी समेत कम हुने छ ।’

मन्त्री ज्वालाले अहिले स्थायी राजधानीको छटपटी सवैभन्दा बढि बांके र बर्दियालाइ भैरहेको बताउंदै उनीहरुको भावनालाइ संबोधन गरेर स्थायी राजधानी तोकिनुपर्ने पनि बताए । साथै, उनले अमिलिया—तुलसीपुर—रुकुम सडकलाइ स्तरोन्नतिमा पनि संघिय सरकार लागीपर्नुपर्ने बताए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरको नियमित विद्युत सेवा, नियमित हवाई सेवाका लागि इन्धन डिपोलगायतका विषयमा सम्बन्धित मन्त्रालय र विभागहरुमा पहल गरिदिन मन्त्री पुनलाइ आग्रह गरेका थिए ।

साथै, उनले सहज विद्युत सेवाका लागि तुलसीपुर उपमहानगरपालिकाले ५० प्रतिशत लगानी गर्नसमेत तयार रहेको बताए । साक्षात्कारको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।