ज्ञानेन्द्रलाई राजा बनाउन ओलीले प्रस्ताव गरेको डा. ढुंगेलको खुलासा (भिडियोसहित)


काठमाडौं, १४ फागुन । संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले केपी ओलीले नै पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन प्रस्ताव गरेको खुलासा गरेका छन् ।

सोमबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढुंगेलले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् ।