सरकारविरुद्ध उपसचिव प्रेमप्रसाद सञ्जलेको गर्जन : अब अदालत जान्छु (भिडियो)


फागुन १५, काठमाण्डौ । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले सरकारले गैर कानुनी रुपमा आफूलाई सरुवा गरेर दुःख दिएको भन्दै अदातलको सहारा लिने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै सञ्जेलले सरकारले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको दावी गर्दै न्यायका लागि अदालत जाने बताएका हुन् ।

उपसचिव सञ्जेलले निजामती कर्मचारी ऐन विपरित आफूलाई ७० दिन पनि नपुगि विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको तथा तलबसमेत रोक्का गरेको उल्लेख गर्दै न्यायका लागि दुई दिन भित्रै सर्वोच्च अदालत जाने बताएका हुन् ।

उनले दुई वर्ष काम गर्न दिनुपर्नेमा निजामती ऐन विपरित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले आफूलाई ऐन विपरित ७० दिनमै सरुवा गरेको उल्लेख गर्दै उनीमाथि विभागीय कार्वाही गर्न पनि माग पनि गरे ।

आफू भ्रष्टाचार विरोधी भएकाले अन्यायमा पार्ने काम भईरहेको उपसचिव सञ्जेलको दावी छ ।