ताप्लेजुङ हेलिकप्टर दुर्घटना : सरकारद्धारा ४ सदस्यीय छानबिन समिति गठन


काठमाडौं, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर ताप्लेजुङमा बुधबार दुर्घटना हुँदा ७ जनाकै निधन भएको छ । उक्त दुर्घट्नाको विषयमा छानबिन गर्न सरकारले ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यस्तो जानकारी दिएका हुन । पूर्व पर्यटनसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित समितिमा सहायक रथी दिपक प्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा र सहसचिव बुद्धिसागर लामिछाने रहेका मन्त्री थापाले जानकारी दिए ।

बुधबार दिउँसो एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको हो।