काठमाडौं, १६ फागुन । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अचेत भएपछि अस्पताल भर्ना भएका छन् । अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
नर्भिक अस्पतालअनुसार मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको छ । पुनलाई भेट्न प्रधानमन्त्रीसहित नेपाल सरकारका मन्त्रीहरु अस्पताल पुगेका थिए । मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् ।




प्रतिक्रिया