श्रद्धाञ्जलि दिन को– को पुगे टुँडिखेल(फोटोफिचर)

0
Shares

काठमाडौँ, १७ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन आज उहाँहरुको शव टुँडिखेलमा राखिएको थियो।

शुक्रबार बिहान ८ बजेबाट शुरु भएको श्रद्धाञ्जलि कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली,प्रधान न्यायाधिस,सभामुख,सरकारका मन्त्री, नेकपा अध्यक्ष पुष्पकमल,प्रधान सेनापती,नेपाल प्रहरीका महानिरिक्षक,सशस्त्र प्रहरी वलका महानिरिक्षक,कुटनितीक नियोगका प्रमुखहरु लगायतका विभिन्न पार्टीका नेता कार्यकर्ता र सर्वसाधारण लगाएतको सहभागिता रहेको थियोत्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको हो ।फोटोःमुकुन्द कालीकोटे