महायज्ञबाट रु ७५ लाख सङ्कलन

0
Shares

बनेपा, २२ फागुन । बेथानचोक गाउँपालिका–४ छत्रे पाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णीम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ मा करीब रु ७५ लाख सङ्कलन भएको छ ।

मन्दिरको विकास, प्रचारप्रसार तथा पुनःनिर्माणमा सहयोग गर्न रकम सङ्कलन गर्ने उद्देश्यले यही फागुन १३ गतेदेखि सञ्चालित सो महायज्ञमा करीब रु ७५ लाख रकम सङ्कलन भएको मूलसमारोह समिति, आर्थिक उपसमितिका संयोजक एवं तिलेश्वर मन्दिर संरक्षण समितिका कोषाध्यक्ष अरुण महतले जानकारी दिनुभयो ।

“अझै पूर्ण रुपमा उठेको रकमको हिसाब गर्न बाँकी छ, त्यसलाई आज नै सबै विवरण सङ्कलन गरेर टुङ्ग्याउने छौं”, उहाँले भन्नुभयो ।

विशेषगरी मन्दिर पुनःनिर्माणका लागि महायज्ञ गरेकाले यही आउँदो शनिबार समितिको बैठक बसेर छिट्टै मन्दिर पुनःनिर्माणको काम अगाडि बढाउने बताउनुभयो ।

सो महायज्ञमा ब्यास नारिरत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माको कथावाचन रहेको थियो । रासस