काठमाडौं, २५ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेकोमा जोड दिएका छन् । अन्तर्रा्ष्ट्रिय महिला दिवसको सन्दर्भमा फ्रेन्ड्स अफ लाजिम्पाटले आज काठमाडौंमा गरेको महिला दौड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद स्वास्थ्यका लागि पनि आवश्यक रहेकोमा जोड दिए ।
उनले मुलुकको आर्थिक र सामाजिक विकासका लागि खेल क्षेत्रको विकास गर्नैपर्ने बताए । खेलकुद क्षेत्रमा महिलाहरुको सहभागिता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै उपराष्ट्रपति पुनले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए ।
महिला दौड प्रतियोगितामा प्रथम बेबीकला राई, द्वितीय लिलाराज भण्डारी र तृतीय संजिन राई भएका छ्न् । विजयी महिला खेलाडीलाई उपराष्ट्रपति पुनले पुरस्कारसमेत वितरण गरे ।




प्रतिक्रिया