बार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको शीर्षस्थानमा

0
Shares

काठमाडौँ,२६ फागुन ।गएराति भएको खेलमा बार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको शीर्षस्थानमा पुग्न सफल भएको छ। वुल्फ्सबर्गमाथि ६–० को गोलअन्र्तरले बार्यन म्युनिख सेप्टेम्बरयता पहिलो पटक शीर्षस्थानमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेका थिए । यस्तै सेर्गी ग्नाब्री, जेम्स रोड्रिग्वेज, थोमस मुलर र जोशुए किम्मिचले एक एक गोल गर्दे सानदार जित निकालेका छन।

पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा चार गोल थपेर उल्फ्सबर्गविरुद्ध आधा दर्जन गोल गरेको हो । जितपछि बार्यनको २५ खेलबाट ५७ अंक भएको छ । एजेन्सी