बाँके, ११ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न भएको छ । आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त प्रतियोगिताको समापन गर्नुभएको हो ।
समापन समारोहमा उपराष्ट्रपति पुनले स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो । समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी थिजए । समापन समारोहमा राष्ट्रिय खेलकूद परिषद् ९राखेप०का सदस्य सचिव केशवकुमार विष्टले २०७७ सालमा हुने नवाँै राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजक गण्डकी प्रदेशका खेलकुद विकास समितिका पदाधिकारीलाई खेलकूदको झण्डा हस्तान्तरण गर्नुभयो ।
यस्तै आठाँै खेलकूदको झण्डा अवतरण राखेपका विभागीय प्रमुख कूलबहादुर रानाले गर्नुभयो । समापन समारोहमा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले ऐतिहासिक रुपमा प्रतियोगिता सम्पन्न भएको बताउनुभयो । प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले भौतिक पूर्वाधार निर्माणका साथ आठौँ खेलकूद सम्पन्न भएको बताउनुभयो ।
गत चैत २७ गतेदेखि खेल शुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने यही वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहबीच गर्नुभएको थियो । ‘आठौँ राष्ट्रिय खेलकूद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ मूल नाराका साथ भएको प्रतियोगितामा झण्डै पाँच हजार खेलाडी सहभागी भएका थिए । उक्त प्रतियोगिता बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, काठमाडौँ, ललितपुर र पोखरा भएको थियो । प्रतियोगितमा ३५ खेल समावेश गरिएको थियो । रासस




प्रतिक्रिया