काठमाडौं, १३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्ने बताएकी छिन् । भण्डारीले विकासका चुनौती सामना गर्न छिमेकी देश, मित्र राष्ट्र तथा अन्य राष्ट्रहरुसँग द्विपक्षीय र बहुपक्षिय सहकार्य बढाउन चाहेको बताएकी छन्।
शुक्रबार बेइजिङमा आयोजित दोश्रो एक बेल्ट एक रोड अन्तर्रा्ष्ट्रिय सहकार्य शिखर सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले व्यापार, लगानी, पर्यटन र जनताको सम्बन्धका लागि राष्ट्रहरुबीच सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गरेकी हुन्।
राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत् मानव जातीको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सिको दुरदृष्टिले विशाल सम्भावना बोकेको समेत दाबी गरिन् । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले एसिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्तिको रुपमा उदाएको समेत बताइन् ।
राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्ण पाठसहित :







प्रतिक्रिया